किसानलाई ३० हजार कागतीमा बिरुवा वितरण « Khabarhub

किसानलाई ३० हजार कागतीमा बिरुवा वितरण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।

यसअघि निवेदन सङ्कलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक वर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेसामा लागेका किसानलाई व्यावसायिक कृषिमा आबद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ४४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन