बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताको उम्मेदवारी « Khabarhub

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताको उम्मेदवारी


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेताले उम्मेदवारीको घोषणा गरेका छन् । निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्रीहरु साजिद जावेद र जेरेमी हन्टले पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाएका छन् ।

पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उनीहरू पछिल्ला दुई नेता हुन । दुबैले आफ्ना योजनाहरू घोषणा गरेका छन् । आफू एकमात्र प्रमुख उम्मेदवार रहेकोमा हन्टले जोड दिएका छन् । उनले जोनसनको मन्त्रिपरिषद्मा काम भने गरेका छैनन् । यसअघि ६ जनाले आफ्नो आकांक्षा देखाएका थिए ।

हाल प्रधानमन्त्रीका सबै दाबेदारको मुख्य मुद्दा कर बनेको छ । जाभिद र हन्टले कर कटौतीका लागि आह्वान गरेका छन् । जाविदले राष्ट्रिय बीमामा वृद्धि रद्द गर्ने वाचा गर्दै आएका छन् ।

प्रधानमन्त्रीको दौडमा चान्सलर नदिम जाहावी र यातायातमन्त्री ग्रान्ट साप्स छन् । यी दुबैले पनि कर कटौती गर्ने वाचा गरेका छन् । यतिबेला कर वृद्धि गरेको आरोपमा पूर्वमन्त्री ऋषि सुनाकको आलोचना भइरहेको छ । त्यस्तै, न्यून कर राज्यको आह्वान गर्ने महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले पनि अभियान सुरु गरेका छन् ।

विदेशमन्त्री लिज ट्रस पनि प्रधानमन्त्रीको दौडमा रहेको उनका सहयोगीले बताएका छन् । उनी सुनकले ल्याएको स्वास्थ्य कर उल्टाउने वाचाका साथ पार्टीको नेतृत्व दौडमा प्रवेश गरेकी छिन् ।

त्यस्तै, पूर्व समानतामन्त्री केमी बडेच र विदेश मामिला समितिका अध्यक्ष टम टुगेनधाट पनि जोनसनलाई विस्थापित गर्ने दौडमा छन् । पार्टीको नेतामा विजयी भएका व्यक्ति प्रधानमन्त्री हुनेछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ५३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा