बर्खा लागेसँगै मेलम्चीको व्यापार व्यवसाय सुस्त « Khabarhub

बर्खा लागेसँगै मेलम्चीको व्यापार व्यवसाय सुस्त


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक रु एक करोडसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ ।

चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो । बाढीपछि बिस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरि सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउँछिन् ।

हेलम्बु, इन्द्रावती, पाँच पोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजार हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ । गत वर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो । लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटेल व्यवसाय गर्दै आएका तीर्थ तामाङ, मानिसको चहलपहल नुहुँदा व्यवसाय नै ठप्प हुन पुगेको बताउँछन् । उनलाई बैँकको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाखसम्म कारोबार गर्ने पसल छन् । निर्माण सामग्री बिक्रेता र होटेल तथा रिसोर्ट यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् ।

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चहलपहल अहिले शून्य भएको छ । बजार ठप्प हुन पुग्दा बैँक तथा वित्तीय संस्थामा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा परेको नेपाल बैँक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाइ छ ।

गत वर्ष इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्ची बजार क्षेत्रमा जोखिम अझै कायम रहेको विज्ञ बताउँछन् । उता स्थानीयवासी र व्यवसायी भने सरकारले बजार क्षेत्रका घरको संरक्षण गर्दै यहाँको आर्थिक कारोबारको पाटोलाई  ब्युँताउँदै यसलाई दीर्घकालीन बनाउँदै जानुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ४७ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ