कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण « Khabarhub

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौ वटै वडाका कृषकलाई निःशुल्क रुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ ।

प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई निःशुल्क रुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ ।

कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य सुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए । कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।

सुन्तलाका बिरुवा कम्तीमा एक हजार २०० जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्क रुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ०७ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ