होटेलभित्र युवती मृत अवस्थामा फेला « Khabarhub

होटेलभित्र युवती मृत अवस्थामा फेला


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- युवकसँग बास बस्न गएकी युवती होटेलभित्र मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण भने खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगरपालिका( ३ मा रहेको होटेलमा बुटवल–२ कि २१ वर्षीया सदीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार राति एक युवकसँग होटेलमा आएर बसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटेल साहुले झुन्डिएको अवस्थामा देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

ती युवती र युवक राति साढे १० बजे सो होटेलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटेल सञ्चालकले फोन गर्नुभएको थियो प्रहरी नायब उपरीक्षक केसीले भने ।

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको केसीले बताए । सँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन