देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला  « Khabarhub

देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कमल गाउँपालिका–७ भट्टराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका–७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको कबिलासी नगरपालिका–९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका–१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–३ सोनापुरस्थित जग्गामा सबैलाई नगरपालिका–७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलालीको महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ५ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन