पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु « Khabarhub

पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु



दोहा – पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।

पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ।

उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।

‘राजवंशीको निध​न​को खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त​ गर्दछौँ,’ एनआरएनए एक विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ३० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण