बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति « Khabarhub

बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केही बेर अगाडि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सात वटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए। विद्युत् ‘सर्ट’ भएर लागेको आगो झन्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ४ : ०८ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि