हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा « Khabarhub

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि दुईवटा नयाँ कार्डह सञ्चालनमा ल्याएको छ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरू खरिद गर्ने खरिदकर्ताहरू तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूका लक्षित गरि जारी गरिने छ । उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटह पाई आफ्नो खर्च व्यवस्थापन सहज बनाउन सक्ने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससंग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरि दुई नयाँ कार्ड सञ्चालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरेका छन् । उक्त कार्डले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने जनाइएको छ । 

अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुई वटा नयाँ कार्डहरूको सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताए । यो कार्डहरूको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसँग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरूले पूर्णरुपमा विभिन्न लाभका अवसरहरू लिन सक्ने जनाइएको छ ।

उच्च शिक्षा अध्ययनको लागि पनि यही समयमा विद्यार्थीहरू विभिन्न मुलुकका विश्वविद्यालयमा जाने भएकोले पनि उनीहरूलाई विशेष फाइदा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ३३ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,