‘भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ’ « Khabarhub

भीम रावल भन्छन्:

‘भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ’


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडे तार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडे तार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन्  ।

सिमानामा काँडे तार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाइ छ । रावलले धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेस गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए। रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबै खाले बाह्य हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गरे।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ०३ बजे

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले