विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शनको आयोजना गरिएको छ ।

जम्मु कश्मीर राष्ट्रिय विद्यार्थी महासंघ जेकेएनएसएफको अगुवाईमा कश्मीरको पुञ्ज क्षेत्रमा विद्युत कटौतीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले आफ्नो क्षेत्रमा लोडसेडिङ बढ्न थालेको र विद्युत महशुलमा सरकारले अतिरिक्त कर लगाएको आरोप लगाएका छन् ।

प्रदर्शनकारीले सरकारले आफूहरुविरुद्ध ज्यादती एवम् राज्य आतंक मच्चाएको समेत आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्दै महासंघले राजनीतिक प्रतिद्वन्द्वीहरुलाई लक्षित गरी सरकारले धरपकड गरेको आरोप लगाएको छ ।

महासंघले आफ्नो प्रदर्शनमा विभिन्न मजदुर संगठन, विद्यार्थी संगठन एवम् नागरिक समाजको साथ रहेको दाबी गर्दै प्रदर्शनलाई निरन्तरता दिइने जनाएको छ ।

पाकिस्तानमा बढ्दो आर्थिक समस्याका कारण दशौँ लाख मानिसहरुले विद्युत कटौतीको सामना गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा