कोरोना फैलिन नदिन सुदूरपश्चिममा ‘खोज र खोप अभियान’ चलाइँदै « Khabarhub

कोरोना फैलिन नदिन सुदूरपश्चिममा ‘खोज र खोप अभियान’ चलाइँदै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ । अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेटिन लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीले बताए । रोकथामका लागि सबै अस्पतालमा आवश्यक पर्न सक्ने अक्सिजन, टेस्ट किटको कमी हुन नदिने भेन्टिलेटरको समेत व्यवस्था गरिएको जोशीले बताए।

‘सङ्क्रमण बढ्दा सीमा नाकाबाट भित्रिनेहरु सबैको स्वास्थ्य नमूना परीक्षण गर्न लागिएको छ’, उनले भने, ‘यसबाहेक नियमितरूपमा रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काम भइरहेको छ ।’

प्रदेशमा अहिलेसम्म खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याका झण्डै २२ लाखको ८० प्रतिशतले पूर्ण खोप पाइसकेकोमा झण्डै पाँचदेखि छ लाख जनसङ्ख्याले अझै खोप लगाउन बाँकी रहेको जनाइएको छ । कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोपको पहिलो मात्रा लगाइसकिएको छ भने दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । नेपाल–भारत बीचको खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच स्वास्थ्य निर्देशनालय दीपायलले गएको २४ घण्टामा प्रदेशमा कोरोनाको शङ्का लागेका एक हजार एक सय सात व्यक्तिको स्वास्थ्यको नमूना परीक्षण गरिएकोमा ९४ मा कोरोनाको सङ्क्रमण भएको जनाएको छ । प्रदेशमा सक्रिय बिरामी पनि दिनदिनै बढ्दै गएका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ६० हजार ६०५ सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्यको नमूना परीक्षण गर्ने व्यवस्था गरिएको बताए । जटिल अवस्थाको सङ्क्रमित बिरामीलाई अस्पतालसम्म पुर्याउन गौरीफन्टा सीमा नाका र गड्डा चौकी सीमा नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

गत फागुन १६ गते यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु दर शून्यमा झरेकोमा केही दिनअघि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको थियो । फागुनदेखि कम हुँदै गएको सङ्क्रमण दर पनि पछिल्ला दिनमा बढ्न थालेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ५३ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको