भारतमा गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु « Khabarhub

भारतमा गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका विभिन्न पाँच स्थानमा गणेशको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ।

हरियाणा र उत्तर प्रदेशका विभिन्न घटनामा उनीहरुको मृत्यु भएको हो। हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने चारै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तर प्रदेशको विभिन्न स्थानमा भएको घटनामा ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। सोनीपतस्थित यमुना नदीमा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन्।

यस्तै, सन्त कबीर नगरमा ४ बालबालिकाको डुबेर मृत्यु भएको छ। चारै जना एकै परिवारका दाजुबहिनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, ललितपुर र उन्नावमा पनि गणेश बिसर्जनका क्रममा डुबेर २–२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ४३ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।