बिहान ११ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान ११ बजेसम्मका मुख्य १० समाचार


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान ११ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. दार्चुलामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ११ बेपत्ता

दार्चुलामा वर्षापछि आएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । गए रातिदेखिको वर्षापछि आएको पहिरोमा परि नौगाड गाउँपालिका-१ सल्लामा ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको हो ।

बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । गए राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको उद्धार गरिएको छ ।

२. महाभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो ।

समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । समितिले तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ । अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए ।

३. निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको मतपत्र छाप्ने

निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगले शुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने जनाएको छ । चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगको तयारी छ ।  

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगले बनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।

४. मिडिया काउन्सिल विधेयकका त्रुटीहरू संशोधन गरी पारित गर्न माग

नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरू संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ ।

जनकपुरमा सम्पन्न युनियन केन्द्रीय समितिको दोस्रो बैठकबाट १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकुल हुने गरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानून, नियमावली नबनाउन माग गरको हो

५. चामल र धानमा लगाएको करले नेपाली उद्योग मारमा पर्ने चिन्ता

भारतले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् ।

उनीहरूले यसअघि शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको भन्दै उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका डा सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए ।

६. कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु

कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ८  का रोहित गुरुङ रहेका छन् । गएराति ८ बजेतिर नुहाउने क्रममा स्थानीय खुटिया नदीले बगाउँदा १४ वर्षीय गुरुङको मृत्यु भएको हो ।

७. जाडो छल्न नेपाल आउन थाले पर्यटक चरा

भदौ सकिन लागेसँगै हिउँदे पर्यटक चरा नेपाल आउन सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष नेपालका खोलानाला  र सिमसार क्षेत्रमा आउन थालेका हुन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् ।

८. भारतमा मूर्ति विसर्जन गर्न गएका नदीमा डुबेर १६ जनाको मृत्यु

भारतको हरियाणा र उत्तर प्रदेशमा गणेश भगवानको मूर्ति विसर्जनका क्रममा डुबेर १६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न पाँच स्थानमा भएको घटनामा उनीहरूको मृत्यु भएको हो ।

हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ । जसमा ४ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

९. महिला साफ : आज दुई खेल

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेलहरू हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।

खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो । बंगलादेश भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

१०. नेपालले आज भुटानको सामना गर्दै

बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ ।

नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ’बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : १२ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने