डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने « Khabarhub

 डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिइएको बताए । उनले डेगुविरुद्धको अभियानमा सम्पूर्ण नगरवासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

भेरी अस्पताल नेपालगञ्जका डा राजन पाण्डेले डेङ्गु अहिले विश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न सुझाव दिए । भेरी अस्पतालमा डेङ्गु भन्दा स्क्रब टाइफसलगायतका बिरामी बढी भएको उनको भनाइ छ ।

भेरी अस्पतालका डा बद्री चापागाँईले अस्पतालमा बिरामीको चाप अधिकतम रहेको र शय्या अभाव रहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज वलीलगायतले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : ३१ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।