अनुदानको रकम नपाउदा उखु किसान मर्कामा | Khabarhub Khabarhub

अनुदानको रकम नपाउदा उखु किसान मर्कामा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदबापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताए । उनका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक/पटक आन्दोलन गर्नुपरेको बताए ।

उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर-व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ ।

नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक संघको केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउँछन् ।

गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल पाँच सय २० र नेपाल सरकारले  ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए ।

यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्यांक उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताए । उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्यांक पठाउन ताकेता गरिएको र उद्योगले तथ्यांक पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए ।

जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।


प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १ : ३२ बजे

सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

ललितपुर– भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा ललितपुर महानगर

वन्यजन्तुको आहारका लागि १० हजार बिरुवा रोपिए

झापा– पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका

धरानको रंगीन विकास : डीपीआरको चाङ 

सुनसरी– धरानको सुन्दर भविष्य यतिबेला करिव २२ अर्ब रुपैयाँ लागतका

युरोकपमा आज इंग्ल्याण्ड र स्लोभाकिया भिड्ने

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच क्वार्टरफाइनलका

हाँडेभीर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति

म्याग्दी- ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–भकिम्ली