बङ्गलादेशमा पनि विद्युत् निर्यात हुँदैछ : ऊर्जामन्त्री भुसाल « Khabarhub

बङ्गलादेशमा पनि विद्युत् निर्यात हुँदैछ : ऊर्जामन्त्री भुसाल


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन – ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन्। आज पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।’ ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले  घरायसी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँड प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।’ 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : १६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज