उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण

२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट

36
Shares
  • change font
  • change font
  • change font

सियोल – आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ ।

लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, “ग्रीनवीच समयअनुसार १६ :४८–१६:५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।”

सियोलका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् ।

टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

जापानका वरिष्ठ उप–रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए ।

सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ ।

आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ ।

लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, “ग्रीनवीच समयअनुसार १६:४८–१६:५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।”

सियोलका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् ।

टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

जापानका वरिष्ठ उप–रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए ।

सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : १६ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी