उदयपुर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी « Khabarhub

उदयपुर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर – मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा बागी उम्मेदवारी परेको छ।

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई र निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीकोविरुद्धमा नेकपा माओवादी केन्द्रका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सबैको सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएको राईले बताएका छन् । राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुन् । कटारी क्षेत्रमा लोकप्रिय ५१ वर्षीय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट कटारी गाविसका निर्वाचित अध्यक्ष हुन् ।

लामो समय पार्टीभित्र काम गर्दा पनि उचित मूल्यांकन  नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ४५ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३