मनाङबाट ९ जनाको उम्मेदवारी दर्ता, दीपक मनाङेलाई गठबन्धनको समर्थन « Khabarhub

मनाङबाट ९ जनाको उम्मेदवारी दर्ता, दीपक मनाङेलाई गठबन्धनको समर्थन


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका एक प्रतिनिधि सभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ, नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन्।

प्रदेश सभा ‘क’ मा एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादी केन्द्रका कपिल लामा, कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित