शीर्ष नेताहरुको अन्तिम परीक्षा, स्वतन्त्रको अग्निपरीक्षा | Khabarhub Khabarhub

शीर्ष नेताहरुको अन्तिम परीक्षा, स्वतन्त्रको अग्निपरीक्षा

चुनाव केवल राजनीतिक सत्ताको भर्‍याङ मात्रै बनिरहने प्रवृत्ति कहिलेसम्म ?


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइतबार दिनभरजसो आउँदो चुनावका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको चर्चा भयो । खासगरि दलका शीर्ष, प्रभावशाली नेताहरूको चर्चा हुँदा यसपटक स्वतन्त्र चुनाव लड्नेहरुको पनि चर्चा व्यापक भयो ।

यसपटक केही शीर्ष नेताहरूको अन्तिम परीक्षाका रुपमा मनोनयन दर्ता भएको चर्चा भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शीर्ष नेताहरूको अन्तिम परीक्षाका रुपमा मनोनयनलाई लिइएको छ ।

तर यसपटक पुराना नेताहरूलाई विस्थापित गर्ने अग्रसरता लिएर स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका उम्मेदवारको पनि चर्चा भइरहेको छ । स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कर्णालीको जाजरकोटमा नरबहादुर कार्की, रञ्जु दर्शना, प्रकाश अधिकारी, अशोक खड्का लगायतले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

उनीहरु केहीले पार्टीबाट र केहीले व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यसरी उम्मेद्वारी दर्ता गराएकामध्ये केही साँच्चिकै जित्ने उम्मेद्वार मानिन्छन् । तर यतिबेला जे जसरी चुनावमा उम्मेद्वारी दर्ता गराउने र त्यसको परिणामको बारेमा अनुमान गरिएको छ, त्यो यसै पनि यकिन गर्न सकिन्न ।

युवा र स्वतन्त्रको लहरले यसपटक कम्तीमा बाबुराम भट्टराई, रामचन्द्र पौडेलले यसपटक चुनाव लडेनन् । दलीय कुरा नमिल्दा भीम रावल, घनश्याम भुसाल, मिनेन्द्र रिजालहरु यतिबेला राजनीतिक मैदानबाट बाहिरिने खतरा छ ।

पार्टीबाट टिकट नपाउनु कम्तीमा त्यही सङ्केतका रुपमा बुझ्न सकिन्छ ।

राजनीतिक दलका नेताहरूले अहिले पनि पार्टीमा आफ्नो चाकरी गर्ने, आफ्नो गुटका नेताहरूलाई मात्रै टिकट दिने प्रवृत्ति यो चुनावमा देखियो । जुन फेरि पनि चुनावलाई सत्तामा जाने भर्‍याङको रुपमा उपयोग गर्ने प्रवृत्ति हावी भइरहेको छ ।

जनता एजेन्डा सम्बोधन गर्ने, पूर्वाधार विकास गर्नेतर्फ कसैको पनि ध्यान गएको छ । सामान्य रुपमा भन्दा पूर्व-राजमार्ग अन्तर्गत नारायणघाट-बुटवलसम्मको बाटोको हरहालतबारे कसैले पनि चाँसो राखेको छैन । कसैले गम्भीर चिन्ता बोकेको छैन ।

दाउन्नेको बाटोले दुःख दिएको वर्षौ भयो । तर पनि कसैलाई चिन्ता छैन । जनताका लागि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायत एजेन्डा नेताहरुको बन्न सकेको छैन । केवल सत्ताको लागि मात्रै चुनाव लडिरहेका नेताहरूका लागि यसपटक साँच्चै परीक्षा हुने अनुमान गर्न सकिन्छ ।

कम्तीमा काठमाडौँ, धरान र धनगढीका जनताले स्थानीय तहको चुनावमा देखाएको मतदानको नमुना यसपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि दोहोरिएको खण्डमा केही आश गर्ने ठाउँ पक्कै हुनेछ ।

तर कम्तीमा अर्कोपटक चुनाव लड्न धेरैपटक सोच्नुपर्ने, अब जनताले विवेकको प्रयोग गरेर मात्रै भोट हाल्नेछन् भनेर शीर्ष नेताहरूले नै सोच्नुपर्ने दिन पक्कै आउनेछ । यसका लागि नेताहरूले कत्तिको कसरत गर्छन् भन्ने कुरा पनि सतहमा आउनेछ ।

तर जसरी यसपटक स्वतन्त्रहरुको लहरले शीर्ष नेताहरूलाई डर पैदा गराएको छ, त्यसले चुनावी नतिजा थोरै भएपनि फरक पार्नेछ भन्ने अनुमान गर्न सकिन्छ । तर यसको वास्तविकता भने मंसिर ४ पछि मात्रै स्पष्ट हुनेछ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन