पूर्वी नवलपरासीबाट कांग्रेसका शशांक कोइरालासहित ७६ जनाको उम्मेदवारी « Khabarhub

पूर्वी नवलपरासीबाट कांग्रेसका शशांक कोइरालासहित ७६ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पाँच स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट डा शशांक कोइराला, नेकपा (एमाले)बाट कृष्णप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, नेपाली कांग्रेस (वीपी)बाट मोहन आचार्य, जनता समाजवादी पार्टी नेपालबाट भुमबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीबाट तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीबाट रुक्मागत चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट टकबहादुर थापामगर, नागरिक उन्मुक्ति पार्टीबाट कमल महतोले उम्मेदवारी दर्ता गराएका छन् भने गैडाकोट–४ का एकनाथ पोखरेल, देवचुली–१६ का चित्रध्वज जिसी, कावासोती–८ का सूर्यप्रसाद सापकोटा, विन्दु भट्टराई र गैडाकोट–१२ का विष्णु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, नेकपा एमालेका रवीन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापा, राष्ट्रिय जनमुक्ति पार्टीका बीना आले, नेपाली कांग्रेस (वीपी)का यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार गुरुङ, जनता समाजवादी पार्टी नेपालका अनु बुढाथोकी रहेको छ भने गैडाकोट–१ का राजेन्द्रप्रसाद उपाध्याय र सोही स्थानकै सरोज कँडेलले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालका लागि नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली कांग्रेस (वीपी)का गणेशप्रसाद पोखरेल, जनता समाजवादी पार्टी नेपालका छविलाल मगर, मङ्गोल नेशनल अर्गनाइजेशनका टमबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनाथ उप्रेती, नेकपा एमालेका रोशनबहादुर गाहामगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल र राष्ट्रिय जनमुक्ति पार्टीका शिवकुमार बुढा रहेका छन् भने कावासोती–२ का ईश्वरजङ्ग थापामगर, देवचुली–१३ का चोकनारायण काफ्ले र देवचुली–११ का ठाकुर चापागाईँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ पाँच जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषुप्रसाद शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर कुमालले उम्मेदवारी दर्ता गराएका छन् भने बालकृष्ण कुँवर जोगी, मुक्तिप्रसाद पाण्डेय, सागर पाठक, लालबहादुर मल्ल, रामप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट थामबहादुर गाहा, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर डिसुवा मगर र नेपाली कांग्रेस (वीपी)बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराएका छन् भने योग मल्ल, चेतनाथ पोख्रेल र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहनसिंह थापा वकावल, नेपाली कांग्रेस (वीपी) बाट रामचन्द्र भण्डारी, एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा (एस) बाट डा गोपालप्रसाद खनाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् भने विनयीत्रिवेणीका रोशन केसी, मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ०६ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय