कपिलवस्तुमा स्वतन्त्रसहित १४६ जनाको मनोनयन दर्ता « Khabarhub

कपिलवस्तुमा स्वतन्त्रसहित १४६ जनाको मनोनयन दर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कपिलवस्तुबाट १४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी उक्त सङ्ख्यामा आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ बाट २२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा–१ (क)तर्फ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डोलकराम घिमिरेले र एमालेलेका तर्फबाट विष्णु पन्थीले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले फैजल खानलाई उम्मेदवार बनाएको छ । माओवादी, कांग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कांग्रेसमा आएर टिकट पाए । यहाँ एमालेले मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले वृजेशकुमार गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धन बाट कांग्रेसका विक्रमसिंह थापाले मनोनयन दर्ता गराएका छन् । एमालेबाट नवराज लामिछानेले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा–२ (ख) मा सत्ता गठबन्धनले कांग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभा–३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट कंग्रेसका अभिषेकप्रताप साहले मनोनयन दर्ता गराए । एमालेले मङ्गलप्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका एहसान खान उम्मेदवार बनेका छन् । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ ।

प्रदेशसभा–३ (ख)मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडिया र एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ४० बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी