चितवनमा ३ सिटका लागि ५८ जनाको उम्मेदवारी « Khabarhub

चितवनमा ३ सिटका लागि ५८ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उम्मेदवारी परेको छ । चितवन १ मा २० जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाै जनाको उम्मेदवारी परेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उम्मेदवारी परेको उनले बताए ।

क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उम्मेदवारी दिएकी छन् । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नाैजनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ०८ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित