दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध « Khabarhub

दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लगातारको बर्षातले दैलेख -सुर्खेत सडक खण्ड अवरुद्ध भएकाे छ । बडा दशैंको दिनदेखि सुरु भएको अविरल बर्षा आइतबार रातीदेखिमात्र रोकिएको छ । दैलेख- सुर्खेत सडक खण्ड भने ध्वस्त भएको छ । अहिले दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक ठप्प छ ।

यात्रुहरु बीचमा अलपत्र परिरहेका छन् । लगातारको बर्षातका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको नारायण नगरपालिकाका विजय शर्माले बताए । ‘दैलेखबाट बिहान ८ बजे सुर्खेततर्फ प्रस्थान गरेको थिएँ, अहिले जिरो पोइन्ट नजिक सडकमा खसेको पहिरोमा रोकिएको छ, पहिरो हटाउने काम भईरहेको छ, यद्धपी यात्रुहरुले सास्ती खेपिरहेका छन्,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले दैलेख सुर्खेत सडक खण्ड बन्द रहेको खुलाउने प्रयास भइरहेको बताए । ‘चुप्रा क्षेत्र, मटेला क्षेत्र, माथिल्लो डुङ्गेश्वर, जिरो पोइन्ट, घोडाबास तथा डबल गैरा क्षेत्रमा कतै पहिरो गएको छ, कतै सडक भाँसिएको छ,’ डिएसपी साहले भने ‘अहिले हामी सडक खुलाउने प्रयास गरिरहेका छौँ ।’

सडकमा खसेको पहिरो हटाउने कार्य जारी रहेको उनले बताए । ‘दैलेख सुर्खेत सडक खण्डको चुप्रा, मटेला, घोडाबास लगाएतका क्षेत्रमा पाँच देखि १० मिटरसम्म सडक भाँसिएको छ, हामी सडक खुलाउन हरेक प्रयासहरु गरिरहेका छौँ,’ डिएसपी साहले भने ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहसहित सुरक्षाकर्मीको टोली सडक खुलाउने काममा खटिएको छ । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले ठाउँ ठाउँमा सडक भाँसिनुका साथै पहिरो गएका कारण दैलेख सुर्खेत सडक खण्ड अवरुद्ध रहेको र खुलाउने प्रयास भईरहेको बताए । उनले आज साँझसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याउनेगरी प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ३७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक