तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ | Khabarhub Khabarhub

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।

झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्रबहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो ।

असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

असोज १८ गते बिहान उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : १८ बजे

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक भयो

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ

उपचार पद्धति र जनचेतनाले घट्यो एचआईभी संक्रमण

आज विश्व एचआईभी एड्स दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर