कमल थापाले माओवादी नेतालाई एमालेमा स्वागत गरे « Khabarhub

कमल थापाले माओवादी नेतालाई एमालेमा स्वागत गरे


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन ।

मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

एमालेको सुर्य चिन्हवाट पहिलो पटक उम्मेदवार भएका थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै १० मिनेट खर्चिएका थापाले ओली सरकारमा हुदाँ पराराष्ट्र मन्त्रीको हैसियतमा चीनसँग नाका खोल्ने देखी अन्य बिषयमा देश र जनताको पक्षमा काम गरेको पनि स्मरण गरेका थिए । थापा मकवानपुर–१ वाट सुर्य चिन्ह लिएर उम्मेदवार छन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ३३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि