नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट « Khabarhub

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा विलय गराएकी नेतृ रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने भएकी छन् ।

नेकपाले २०७९ सालमा उनले जितेको कैलाली क्षेत्र नम्बर १ बाट रामलाल डगौरा थारूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै मन्त्रीसमेत भइसकेकी श्रेष्ठ दोस्रो चुनावबाट पछि हटेकी हुन् ।

पति रेशम चौधरी डिल्ली बजार जेलमा हुँदा खोलिएको नाउपाबाट उठेर उनले २०७९ को आमनिर्वाचनमा कैलाली–१ बाट जितेकी थिइन् ।

तत्कालीन समयमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष पनि थिइन् । गत पुस १४ गते रञ्जिताले नाउपालाई नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत गराएकी हुन् ।  

राजधानीमा आयोजित कार्यक्रममा दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५५ बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा