कमल थापाले माओवादी नेतालाई एमालेमा स्वागत गरे « Khabarhub

कमल थापाले माओवादी नेतालाई एमालेमा स्वागत गरे


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन ।

मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

एमालेको सुर्य चिन्हवाट पहिलो पटक उम्मेदवार भएका थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै १० मिनेट खर्चिएका थापाले ओली सरकारमा हुदाँ पराराष्ट्र मन्त्रीको हैसियतमा चीनसँग नाका खोल्ने देखी अन्य बिषयमा देश र जनताको पक्षमा काम गरेको पनि स्मरण गरेका थिए । थापा मकवानपुर–१ वाट सुर्य चिन्ह लिएर उम्मेदवार छन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ३३ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा