छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक « Khabarhub

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

पहिरो र बाढीका कारण असोज १८ गते रातिदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा आज साँझदेखि सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका निरीक्षक इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन हुन थालेको जानकारी दिनुभयो । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

आयोजनाको डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलगायत जनप्रतिनिधि आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिएका थिए । पानी पर्न छाडेपछि खोलामा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बीच सडकमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको छ । विगतका वर्षमा दसैँ लगत्तै घुम्न आएका पर्यटकले भरिभराउ हुने म्याग्दी र मुस्ताङका होटल सुनसान छन् । आवतजावतका साथै मुस्ताङमा उत्पादन भएको स्याउ, आलु लगायत कृषि उपज निकासी र निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी प्रभावित भएको छ । बेनी–जोमसोम सडकले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसँग जोड्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : ५२ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको