मोरङ ३ ‘क’ मा आज उम्मेदवारी दर्ता हुने « Khabarhub

मोरङ ३ ‘क’ मा आज उम्मेदवारी दर्ता हुने


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो। मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ। यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपराह्न ४ बजेभित्र प्रकाशित हुनेछ। उम्मेदवारको विरोधमा अपराह्न ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपराह्न ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ३९ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा