बसुन्धरामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

बसुन्धरामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं ३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको बुधबार राती मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका वडा नं ९ घर भएका ४७ वर्षीय बेलबहादुर रानामगर र सोही क्षेत्रकी ४७ वर्षीय कल्पना रानामगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए। प्रहरीले दुर्घटनामा सङ्लग्न ट्रक र ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ०३ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बखास्त गरियोस् : विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ– मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको