प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर ! « Khabarhub

प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर !

हेलिकोप्टर चार्टर्ड गरेर शीर्ष नेताहरुको देश दौडाहा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भोट हाल्ने दिन मंसिर ४ नजिकिँदै गरेका बेला शीर्ष नेताहरूको दौडधुप बढेको छ । हेलिकोप्टर नै चार्टर गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू यतिबेला चुनाव प्रचारमा आफ्ना उम्मेदवारलाई भोट माग्न हेलिकोप्टर चढेर जिल्ला जिल्लामा पुगिरहेका छन् ।

यसरी जिल्ला जिल्लामा पुग्ने नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली अगाडि छन् । प्रचण्डलाई कांग्रेसको साथ र भरथेग छ । अनि एमाले अध्यक्ष ओलीलाई यतिबेला कार्यकर्ताको मन राख्न भएपनि जिल्ला जिल्लामा दौडिनुपरेको छ ।

प्रचण्डले हालै मात्र कर्णालीका विभिन्न जिल्लामा हेलिकोप्टर सेयर गरे । कालिकोटका प्रतिनिधिसभा उम्मेद्वार महेन्द्र शाहीको चुनाव प्रचारका लागि रास्कोट पुगेका प्रचण्डले सुर्खेत, हुम्ला र सल्यानका जिल्लामा समेत कार्यकर्तालाई भेट्न भ्याए ।

प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई साथसाथै लिएर कर्णालीका जिल्लामा एक फन्को लगाएका छन् । यसले कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट हाल्छन् भन्ने आश्वासन दिएको छ । कर्णालीपछि प्रचण्ड देउवासँगै दार्चुला पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । यतिबेला सबैजसो चुनावी सभामा प्रचण्ड र देउवासँगसँगै छन् ।

चुनावी भाषणमा प्रचण्डले आफ्ना नेता कार्यकर्ता र उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिन थालेका छन् । प्रचण्डले कालिकोट पुगेर हुम्लाका कार्चेन लामालाई संघीय मन्त्री बनाउने उद्घोष गरेका छन् । कर्णालीमा जीवन शाही फेरि मुख्यमन्त्री पक्का हुने भन्दै उनले कार्चेन लामाले चुनाव जिते मन्त्री बनाउने बचन दिएका हुन् ।

यसले देखाउँछ, प्रचण्ड फेरि पनि नेता कार्यकर्तालाई आश्वासन बाँडिरहेका छन् । माओवादीको प्रवृत्ति र चरित्रले गर्दा संगठन ध्वस्त भएका बेला प्रचण्ड भने हावादारी रुपमा चुनाव नजित्दै मन्त्री बनाउने आश्वासन बाँडिरहेका छन् ।

किनकी यतिबेला कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट हाल्ने सम्भावना शङ्काको घेरामा छ । यसकारण पनि प्रचण्ड तर्सिएर नेता तथा उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँडिरहेका छन् ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली भने यसपटक त्यस्तो आश्वासन बाँड्न असक्षम सावित भएका छन् । पाँच वर्षअघि झण्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्री कार्यकाल चलाउन नसकेका ओली यसपटक सबैभन्दा बढी माओवादीबाट त्रसित छन् ।

प्रचण्डकै कारण माओवादी फुटेको आरोप लगाउँदै ओलीले प्रचण्ड राष्ट्रिय समस्या भएको पनि बताइरहेका छन् । प्रचण्डकै कारण माधव नेपालले एमाले फुटाउने हिम्मत गरेकोमा भने दुईमत छैन । ओलीले दोस्रोपटक संसद् विघटन गर्दा माधव नेपाल अलग पार्टी बनाउन बाध्य भएका थिए ।

यतिबेला प्रचण्डलाई कांग्रेसको भरथेग भएपनि ढुक्कता छैन । ओलीलाई भने डरै डर छ । उनले आफ्ना उम्मेदवारले चुनाव जित्ने भविष्यवाणी गर्न सकेका छैनन् । त्यसैले प्रचण्ड जहाँ जहाँ पुगेर आश्वासन बाँडे, ओली त्यहाँ पुगेर आफ्ना कार्यकर्ताको चित्त बुझाउनुपर्ने बाध्यता बनेको छ ।

कांग्रेसको भरथेगले गर्दा यतिबेला माओवादी राम्रो हैसियतमा हुनेछ । कांग्रेसकै साथले प्रचण्ड प्रधानमन्त्री पनि बन्न सक्नेछन् । तर प्रचण्डको तुलनामा एमाले अध्यक्ष ओली भने पाँच वर्षसम्मै प्रतिपक्षको कुर्सीमा रहनुपर्ने बाध्यता बढ्नेछ ।

देउवाले प्रचण्डलाई कुन हदसम्म गठबन्धन जोगाएर राख्न सक्छन्, त्यसैले यो चुनाव र आगामी सत्तामा प्रचण्डको भविष्य निर्भर छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : ५३ बजे

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे