प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर ! | Khabarhub Khabarhub

प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर !

हेलिकोप्टर चार्टर्ड गरेर शीर्ष नेताहरुको देश दौडाहा


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भोट हाल्ने दिन मंसिर ४ नजिकिँदै गरेका बेला शीर्ष नेताहरूको दौडधुप बढेको छ । हेलिकोप्टर नै चार्टर गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू यतिबेला चुनाव प्रचारमा आफ्ना उम्मेदवारलाई भोट माग्न हेलिकोप्टर चढेर जिल्ला जिल्लामा पुगिरहेका छन् ।

यसरी जिल्ला जिल्लामा पुग्ने नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली अगाडि छन् । प्रचण्डलाई कांग्रेसको साथ र भरथेग छ । अनि एमाले अध्यक्ष ओलीलाई यतिबेला कार्यकर्ताको मन राख्न भएपनि जिल्ला जिल्लामा दौडिनुपरेको छ ।

प्रचण्डले हालै मात्र कर्णालीका विभिन्न जिल्लामा हेलिकोप्टर सेयर गरे । कालिकोटका प्रतिनिधिसभा उम्मेद्वार महेन्द्र शाहीको चुनाव प्रचारका लागि रास्कोट पुगेका प्रचण्डले सुर्खेत, हुम्ला र सल्यानका जिल्लामा समेत कार्यकर्तालाई भेट्न भ्याए ।

प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई साथसाथै लिएर कर्णालीका जिल्लामा एक फन्को लगाएका छन् । यसले कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट हाल्छन् भन्ने आश्वासन दिएको छ । कर्णालीपछि प्रचण्ड देउवासँगै दार्चुला पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । यतिबेला सबैजसो चुनावी सभामा प्रचण्ड र देउवासँगसँगै छन् ।

चुनावी भाषणमा प्रचण्डले आफ्ना नेता कार्यकर्ता र उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिन थालेका छन् । प्रचण्डले कालिकोट पुगेर हुम्लाका कार्चेन लामालाई संघीय मन्त्री बनाउने उद्घोष गरेका छन् । कर्णालीमा जीवन शाही फेरि मुख्यमन्त्री पक्का हुने भन्दै उनले कार्चेन लामाले चुनाव जिते मन्त्री बनाउने बचन दिएका हुन् ।

यसले देखाउँछ, प्रचण्ड फेरि पनि नेता कार्यकर्तालाई आश्वासन बाँडिरहेका छन् । माओवादीको प्रवृत्ति र चरित्रले गर्दा संगठन ध्वस्त भएका बेला प्रचण्ड भने हावादारी रुपमा चुनाव नजित्दै मन्त्री बनाउने आश्वासन बाँडिरहेका छन् ।

किनकी यतिबेला कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट हाल्ने सम्भावना शङ्काको घेरामा छ । यसकारण पनि प्रचण्ड तर्सिएर नेता तथा उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँडिरहेका छन् ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली भने यसपटक त्यस्तो आश्वासन बाँड्न असक्षम सावित भएका छन् । पाँच वर्षअघि झण्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्री कार्यकाल चलाउन नसकेका ओली यसपटक सबैभन्दा बढी माओवादीबाट त्रसित छन् ।

प्रचण्डकै कारण माओवादी फुटेको आरोप लगाउँदै ओलीले प्रचण्ड राष्ट्रिय समस्या भएको पनि बताइरहेका छन् । प्रचण्डकै कारण माधव नेपालले एमाले फुटाउने हिम्मत गरेकोमा भने दुईमत छैन । ओलीले दोस्रोपटक संसद् विघटन गर्दा माधव नेपाल अलग पार्टी बनाउन बाध्य भएका थिए ।

यतिबेला प्रचण्डलाई कांग्रेसको भरथेग भएपनि ढुक्कता छैन । ओलीलाई भने डरै डर छ । उनले आफ्ना उम्मेदवारले चुनाव जित्ने भविष्यवाणी गर्न सकेका छैनन् । त्यसैले प्रचण्ड जहाँ जहाँ पुगेर आश्वासन बाँडे, ओली त्यहाँ पुगेर आफ्ना कार्यकर्ताको चित्त बुझाउनुपर्ने बाध्यता बनेको छ ।

कांग्रेसको भरथेगले गर्दा यतिबेला माओवादी राम्रो हैसियतमा हुनेछ । कांग्रेसकै साथले प्रचण्ड प्रधानमन्त्री पनि बन्न सक्नेछन् । तर प्रचण्डको तुलनामा एमाले अध्यक्ष ओली भने पाँच वर्षसम्मै प्रतिपक्षको कुर्सीमा रहनुपर्ने बाध्यता बढ्नेछ ।

देउवाले प्रचण्डलाई कुन हदसम्म गठबन्धन जोगाएर राख्न सक्छन्, त्यसैले यो चुनाव र आगामी सत्तामा प्रचण्डको भविष्य निर्भर छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : ५३ बजे

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार