ट्राफिक कारबाहीबाट मधेश प्रदेशमा ३५ प्रतिशत राजस्व वृद्धि  « Khabarhub

ट्राफिक कारबाहीबाट मधेश प्रदेशमा ३५ प्रतिशत राजस्व वृद्धि 


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रौतहट – मधेश  प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन्।

प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख  १८ हजार राजस्व संकलन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ।

यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७२० सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा मधेसप्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९६९ सवारीसाधनको कारबाहीबाट मात्र १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसैगरी यस आर्थिक वर्षको साउन, भदौ र असोज गरि तीन महिनाको अवधिमा  प्रदेशभरिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ जना पुरुष,२८  जना महिला,७ जना बालक तथा ६ जना बालिकाको मृत्यु भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।

उक्त दुर्घटनामा परेर दुई हजार चारसय ५६ जना घाइते भएका छन्। घाइते हुनेमा एक हजार ६२३ जना पुरुष,चार सय ६८ महिला, २३२ बालिका रहेको तथ्यांकमा उल्लेख छ। मधेश प्रदेशमा बढ्दो सवारीको संख्या,तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरबाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ११ : २० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी