आगलागीमा परी एक बालकको मृत्यु « Khabarhub

आगलागीमा परी एक बालकको मृत्यु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शन्त कुमारको छोरा ५ वर्षीय आयुष राई रहेका छन् ।

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएकी शन्त कुमार राईकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : ४४ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा