सवारी दुर्घटनामा आठ जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा आठ जनाको मृत्यु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना.८ ख १८४१ नम्बरको ट्रकले बा.प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र स्कुटरमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा प्र.२–०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक स्वर्ण गाउँपालिका–३ बकतवा बस्ने २७ वर्षीय जवाहीर सहनी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी बाराको महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा प्र.३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–५ बुकिबाल्नास्थित सडकमा बा.१८ च १४१७ नम्बरको बोलेरो जिप बुधबार दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपका चालक समेत २ जनाको जिल्ला अस्पताल सिमकोट हुम्लामा उपचार भइरहेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा बा.प्र ०३–००१ त ३४१ नम्बरको ट्रयाक्टर बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार एक जनालाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेखको भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा क.प्र.०२००१ त ०३०७ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५३ वर्षीय लाल बहादुर शाही छन् । उनको बुधबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएकाे हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित सडकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका योगीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  २ : ०० बजे

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा

गौर हत्याकाण्ड छानविन गर्न दिएको सर्वोच्चको आदेश आश्चर्यजनक : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर