अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण | Khabarhub Khabarhub

अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएशनले यही कात्तिक २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अख्तियारले पत्रकार सम्मेलनमै अदालतलाई आफू अनुकूलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो ।

बारको केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीको आज बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बारका कार्यवाहक अध्यक्ष हर्कबहादुर रावलले भने, ‘कानूनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिकरूपमा पत्रकार सम्मेलन गरी न्यायालयमाथि निष्पक्षता र सक्षमतामा नै शङ्का उब्जाउन सक्ने भाषा शैलीको प्रस्तुति उचित मान्न सकिँदैन ।’

कार्यवाहक अध्यक्ष रावलले राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरूले विधिको शासनको अक्षरशः पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ५५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको