अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण « Khabarhub

अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएशनले यही कात्तिक २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अख्तियारले पत्रकार सम्मेलनमै अदालतलाई आफू अनुकूलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो ।

बारको केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीको आज बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बारका कार्यवाहक अध्यक्ष हर्कबहादुर रावलले भने, ‘कानूनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिकरूपमा पत्रकार सम्मेलन गरी न्यायालयमाथि निष्पक्षता र सक्षमतामा नै शङ्का उब्जाउन सक्ने भाषा शैलीको प्रस्तुति उचित मान्न सकिँदैन ।’

कार्यवाहक अध्यक्ष रावलले राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरूले विधिको शासनको अक्षरशः पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : ५५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी