भैरहवामा स्वतन्त्र उम्मेदवार नवाब राप्रपामा प्रवेश « Khabarhub

भैरहवामा स्वतन्त्र उम्मेदवार नवाब राप्रपामा प्रवेश


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उनका ३ सय जना समर्थक राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।

राप्रपा, एमाले र जसपाको उम्मेदवारको पक्षमा रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल बनिरहेको छ । सोमबार लोसपा त्याग गरी पूर्व मन्त्री कल्पना पान्डेले तीन दलीय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् ।

आज स्वतन्त्र उम्मेदवार मुसलमानले पनि दीपक बोहोराको टिमलाई समर्थन गरेका छन् । टि टेबल चुनाब चिन्ह लिएर रुपन्देही ३ मा चुनाबी प्रतिसपर्धामा मुसलमान थिए । उनले राप्रपा प्रवेश गरी आफ्नो समर्थन बोहोरासहितको तीन दलीय टिमलाई हुने बताए । उनले भने, ‘म पनि चुनावी मैदानमा थिए, तर घर दैलोमा जादा, बुझ्दै जादा दीपक बोहोरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोहि छैन भन्ने यकिन गरेँ । सबैले दीपक बोहोरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ ।’

भैरहवा क्षेत्रका मुश्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रूपमा परिचित छन् ।

मुसलमानलाई राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, राप्रपा सल्लाहकार समितीका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरन्जन थापा, पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणाले माला, टिका लगाएर स्वागत गरेका थिए । मुसलमान सहित ३ सय जनाभन्दा बढी राप्रपा प्रवेश गरेका थिए ।

यसैबीच रुपन्देही क्षेत्र नम्बर ३९१० र ३९२० को विभिन्न क्षेत्रमा घरदैलो पनि सम्पन्न भएका छन् भने विभिन्न पेशागत समूहसँग छलफल र अन्तरक्रिया पनि भइरहेको तीन दलीय संयुक्त प्रचार प्रसार समिति ३९१०का सहसंयोजक अजय गुप्ताले बताए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ३२ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज