शल्य चिकित्सकको १३औँ राष्ट्रिय सम्मेलन सुरु « Khabarhub

शल्य चिकित्सकको १३औँ राष्ट्रिय सम्मेलन सुरु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल शल्य चिकित्सक समाजको १३औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ ।

नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा सुनिलकुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सीपलाई ठोस रुपमा विश्लेषण गरी सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा विश्वमा शल्य चिकित्सा क्षेत्रमा भइ रहेका नयाँ प्रयोग, प्रविधिबारे जानकारी आदानप्रदान हुने उनको भनाइ छ । ‘सीपयुक्त उपचार’ नारा दिइएको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम भैरहवामा सम्पन्न भएको छ भने दोस्रो र तेस्रो दिनको कार्यक्रम लुम्बिनीमा रहेको होटल पवन प्यालेसमा हुने साइन्टिफिक कमिटीका अध्यक्ष डा राजेश पौडेलले बताए ।

पहिलो दिनको कार्यक्रममा वरिष्ठ शल्य चिकित्सकद्वारा कनिष्ट शल्य चिकित्सक एवम सो सम्बन्धमा अध्ययनरत चिकित्सकलाई रक्त धमनी शल्यक्रियाका विषयका सीप सिकाइएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शल्य चिकित्सकबाट शल्यक्रियाको प्रत्यक्ष भिडियो देखाइएको थियो ।

सम्मेलनको दोस्रो दिन कार्यक्रम उद्घाटनसहित कार्यपत्र प्रस्तुतिको मुख्य गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबाट गरिने पौडेलको भनाइ छ । उहाँले प्रस्तुतिमा युरोलोज बाल शल्य चिकित्सा, मुटु फोक्सो तथा नशासम्बन्धी शल्य चिकित्सा, एवं जनरल तथा गेस्ट्रो सर्जरी विषय समावेश हुने बताए ।

सम्मेलनको तेस्रो दिन प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, जनरल तथा गेस्ट्रो सर्जरी विषयमा गरी जम्मा एक सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब तीन सय जना सहभागी हुने छन् । साथै, सम्मेलनले शल्य चिकित्सासम्बन्धी उपचार पद्धतिको विकासमा उल्लेखनीय टेवा पु¥याउने अपेक्षा गरिएको नेपाल शल्य चिकित्सक समाजका लुम्बिनी प्रदेश अध्यक्ष डा सन्तोष साहले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ४१ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।