पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा « Khabarhub

पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा

५० वर्ष उमेर पुगेपछि निन्द्रा र आराम अनिवार्य


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यदि तपाईं ५० वर्ष भन्दा माथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नु हुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।

स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्नसक्छ। र, राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ। निद्राले चीजहरू सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ। पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीको स्वास्थ्य र निन्द्राबारे सर्वेक्षण गरेको थियो।

यस अध्ययनमा आठ हजार मानिसलाई एक हप्तामा कति औसत कति घण्टा सुत्नुहुन्छ भनेर सोधिएको थियो। कतिपयले यसका लागि स्लिप वाच पनि प्रयोग गरेका थिए।

यही समय तिनीहरूको पुरानो (दीर्घकालीन) रोगहरू अनुसन्धान गरिएको थियो। उनीहरुसँग मधुमेह, क्यान्सर, हृदय रोग जस्ता धेरै रोगहरूको जाँच गरेर झण्डै दुई दशकको विवरण लिइएको थियो। ५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ।

अध्ययनका क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको जोखिम बढेको पनि खुलासा भएको छ। यो जोखिम मुख्यतया पुरानो रोगहरुको कारण बढ्छ। युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार विशेषज्ञले सामान्यतया सात वा आठ घण्टा सुत्न सिफारिस गर्छन्।

यसबारेमा वैज्ञानिकले निश्चित रूपमा केही बताउन सकेका छैनन्। तर एउटा कुरा प्रष्ट छ कि राम्रो निद्राले चीजहरू सम्झन, खुसी मुड, एकाग्रता र मेटाबोलिज्ममा मद्दत गर्छ। सरे स्लीप सेन्टरका निर्देशक प्रोफेसर डर्कजोन डिज्को भन्छन्, ‘यस अध्ययनका अनुसार पर्याप्त घण्टा नसुत्नु हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। तर केही मानिसको लागि यो ठिक हुनसक्छ।’

यदि हामीले लामो समयसम्म राम्रो निद्रा पाउँदैनौं भने यसले हाम्रो स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ। निद्राको चक्की सेवन नगर्न चिकित्सक सल्लाह दिन्छन्। किनभने यसले स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, निद्रामा निर्भरता पनि बढाउँछ। निद्राको समस्या समाधान गर्न सकिन्छ र यसका लागि आवश्यक सहयोग पनि लिन सकिन्छ।

त्यसैले दिनको समयमा आफूलाई व्यस्त राखेर आफैँलाई थकाएर बेलूकी राम्ररी सुत्नुपर्छ। दिनको समयमा नसुत्नु राम्रो हुन्छ। सुत्ने ठाउँ आरामदायक र सफा बनाउनुपर्छ। स्मार्टफोनलाई आफूबाट टाढा राख्नुपर्छ। धुम्रपान र मध्यपान सकेसम्म गर्नु हुँदैन। सुत्दा निन्द्रा नआएको खण्डमा किताब पढ्ने, केही रचनात्मक काम गर्दा पनि निन्द्रा आउने हुन्छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ३९ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी