विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत | Khabarhub Khabarhub

विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले विश्वकप २०२२ मा आफ्नो देशका लागि अब खेल नखेल्ने संकेत गरेका छन्।

क्रोएसियासँग पराजित भएपछि उनले भने, ‘अहिले भर्खरै खेलसकेको र धेरै गर्मीका कारण सबै कुरा गर्नु खराब छ। अहिले मैले केहि सोचिरहेको छैन। ब्राजिलका लागि यो खेल नै अन्त्य हो भनेर भन्नु आफैं हतार हुनेछ। तर म पनि केहि ग्यारेन्टी गर्दिन।’

‘म यसबारे सोच्न यो समय लिन चाहन्छु, म आफ्नो लागि के चाहन्छु भनेर सोच्न चाहन्छु। म ब्राजिलसँग खेल्ने ढोका बन्द गर्दिन, नत म शतप्रतिशत भन्छु म फर्कन्छु,’ उनले थपे।
अतिरिक्त समयमा पहिलो हाफमा क्रोएसियाविरुद्ध नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए पनि समय सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले पेनाल्टी सुटआउटमा बराबरी खेलेको थियो। गएराति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो।

विश्वकपबाट बाहिरिएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिइसकेका छन्। ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो। उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ४० बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो