प्रभु साह फ्याक्टरले मधेसमा एमाले, माओवादी र जसपालाई झट्का | Khabarhub Khabarhub

प्रभु साह फ्याक्टरले मधेसमा एमाले, माओवादी र जसपालाई झट्का


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनबाट प्रमुख ठुला राजनीतिक दलहरूको लोकप्रिय मत घटेको पाइएको छ।

देशभर पुराना अर्थात् स्थापित ठुला दलहरूको मत घट्नुको कारण धेरै हुन सक्छन्/छन् तर मधेस प्रदेशमा प्रभु साह फ्याक्टरको पनि भूमिका देखिन्छ।

मा‌ओवादी केन्द्रका नेता रहेका साहले तत्कालीन नेकपा भङ्ग भएपछि एमाले रोजेका थिए। एमालेबाट संघीय सांसदमा लड्न टिकट लिएका उनले मनोनयनको अन्त्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर एमालेलाई चक्मा दिएका थिए।

साहले आफूसँगै स्वतन्त्र उम्मेदवारलाई जिताउन अभियान नै चलाए पछि एमाले मात्र होइन उनको पूर्व पार्टी माओवादी केन्द्र र एमालेसँग चुनावी तालमेल गरेको जसपाको मतसमेत विभाजन भएको देखिन्छ।

चुनावी अभियानमा साहलाई साथ दिँदै एमाले र जसपामा पार्टी छोड्ने लहर नै चलेको थियो। प्रतिनिधिसभातर्फ समानुपातिक सुचीमा अग्रस्थानमा रहेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह,  केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री बद्री न्यौपाने, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह इन्चार्ज कुन्दन कुश्वहा, केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला सह इन्चार्ज रिता कुमारी, केन्द्रीय सदस्य एवम् सिराहा जिल्ला सह इन्चार्ज रामप्रीत रामले एमाले परित्याग गरेका थिए भने सयभन्दा बढी प्रदेश सदस्यले एमाले छाडेका थिए।

रौतहट जिल्ला कमिटीका अध्यक्षसहित ९० प्रतिशत सदस्यले प्रभु साहलाई रोजेपछि एमालेले जिल्ला कमिटी नै विघटन गरेको थियो। जन वर्गीय सङ्गठनहरूका सयौँ केन्द्रीय तहका नेताहरूले एमाले परित्याग गरी प्रभु साहलाई साथ दिएका थिए।

जसपामा पनि साह फ्याक्टरले ठुलै हलचल ल्याइदियो। १८ वर्षदेखि मधेशको राजनीतिमा अग्रपंक्तिमा रहेका जसपा रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलसहित हजारौं नेता प्रभु साहलाई साथ दिएका छन्।

नेपालको संसदीय राजनीतिमा चर्चित अनुहारमध्ये मै पर्ने मधेस प्रदेशका प्रभावशाली नेता एवं पूर्व मन्त्री साहले माओवादी केन्द्रमा नरहनुले पनि गहिरो प्रभाव परेको देखिन्छ। अहिले माओवादी प्रतिनिधिसभातर्फ मधेसमा शून्य प्राय: अवस्थामा पुगेको छ।

कसलाई कति क्षति? 
वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले हासिल गरेको कुल मतको तुलनामा अहिले १० लाख मत घटेको छ।

स्थानीय तह निर्वाचनमा कुल ३८ लाख ९ हजार ६९८ मत प्राप्त गरेको एमालेले अहिलेको निर्वाचनमा मात्र २८ लाख ४५ हजार ६४१ मत पायो। मत प्रतिशत हेर्ने हो भने स्थानीय तह निर्वाचनमा एमालेले कुल मतको ३४ प्रतिशत मत प्राप्त गरेको थियो भने संसदीय निर्वाचनमा कुल मतको २६.९५ प्रतिशत मत हासिल गरेको छ। समग्रमा ७ प्रतिशतले कमी भएको छ।

जसपाले स्थानीय तहमा ५ लाख ५७ हजार ५२४ मत प्राप्त गरेको थियो भने आम निर्वाचनमा ४ लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ। यो चुनावमा मधेस केन्द्रित दल जसपाले सवा लाखभन्दा बढी मत गुमाउनुपर्‍यो।

मत प्रतिशतमा हेर्ने हो भने स्थानीय तह निर्वाचनमा जसपाले कुल मतको ५ प्रतिशत मत प्राप्त गरेको थियो भने संसदीय निर्वाचनमा ३.९८ प्रतिशत मत प्राप्त गरेको छ। समग्रमा जसपाले कुल मतमा १ प्रतिशतभन्दा बढी मत गुमाएको छ।

रौतहट क्षेत्र नम्बर ३ बाट उनी लगातार चौथो पटक प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका छन्। आफू मात्र होइन उनले आफ्नो प्यानलका केही प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई जिताउन समेत सफल भएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : २३ बजे

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज

धनगढी– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा इन्चार्ज तोकेको

इन्टर्नसिपमा आएका विदेशी नागरिकको सामान लुटपाट, तीन जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारिसाधन

मलङ्गवा– समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारिसाधन सर्लाही भन्सार

चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे 

चितवन– जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार

फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले लिए फुटबलबाट सन्यास 

काठमाडौं– फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन्