विधि र प्रक्रिया विपरीत रास्वपाले समानुपातिक सांसद छान्यो : गणेश कार्की « Khabarhub

विधि र प्रक्रिया विपरीत रास्वपाले समानुपातिक सांसद छान्यो : गणेश कार्की


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले विधि र प्रक्रिया विपरीत पार्टीले समानुपातिक उम्मेदवारको छनोट गरेका बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत कार्कीले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुमालाई गुरु दक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिँदा आफू र अर्का दीपक बोहोरा सांसद हुन नसकेको आरोप लगाएका हुन् ।

कार्कीले पार्टीभित्र विधि र प्रक्रियाका लागि आफूले पटक– पटक आवाज उठाए पनि त्यसको कुनै सुनुवाई नभएको गुनासो गरेको छन् ।

उनले लेखेका छन्, ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

उनले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन हुँदा खस आर्य खुलातर्फ दोस्रो नम्बरमा आफू र दीपक बोहोरा तेस्रो नम्बरमा रहेको उल्लेख गरेका छन्। ‘१२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ५८ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव