टेनिस खेलाडी जोकोभिच, जो कोरोनाको खोप लगाउन नमान्दा विवादमा तानिए | Khabarhub Khabarhub

टेनिस खेलाडी जोकोभिच, जो कोरोनाको खोप लगाउन नमान्दा विवादमा तानिए


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना विरुद्ध भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका सर्बियाका व्यावसायिक टेनिस खेलाडी नोभाक जोकोभिचको प्रकरणको टुङ्गो लागेको छ ।

अब उनी अस्ट्रेलियामा रहन पाउने भएका छन् ।

सोमबार दिनभरिको सुनुवाइपछि मेलबर्न अदालतले जोकोभिचको पक्षमा फैसला गरेको हो । यो फैसलासँगै जोकोभिच अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबारको सुनुवाइमा न्यायाधीश एन्थोनी केलीले जोकोभिच अस्ट्रेलिया प्रवेश गरेपछि तत्काल किन परीक्षण नभएको ? भन्ने कुरामा चासो दिएका छन् ।

यतिबेलै धेरैले जोकोभिचको पक्षमा फैसला हुने अनुमान गरिसकेका थिए ।

बुधवार अस्ट्रेलिया पुगेका जोकोभिच त्यसै समयमा भिसा रद्द भएको सूचनासहित  अध्यागमनमा रहेका छन् । उनले तत्काल अस्ट्रेलिया छाड्ने कुरा अस्वीकार गर्दै कानूनी बाटो रोजेका हुन् ।

तथापि, अस्ट्रेलियाको कानूनले उनको साथ दिने कुरामा शङ्का रहेको छ । अस्ट्रेलियामा कोभिड मापदण्ड कडा पारिएको छ । संसारका कम कोभिड सङ्क्रमण भएको देशमध्येको एक अस्ट्रेलियाले बाहिरी नागरिकको प्रवेशमा विशेष सावधानी अपनाएर कम क्षति भोगेको  हो ।

अस्ट्रेलियालीहरूले उनलाई आसन्न अस्ट्रेलियन ओपन खेल खेल्न अयोग्य साबित गरे पनि अयोग्य प्रमाणित हुनुपर्ने जिकिरसहित कानुनको ढोका ढकढक्याएका हुन् ।

अस्ट्रेलियामा ९० प्रतिशतभन्दा बढी वयस्कले कोरोनाको पूरै डोज भ्याक्सिन लगाइसकेका छन् । यसका अलावा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँ आउने विदेशीलाई केही मापदण्डसहित कडाइ गरिएको हो ।

भिक्टोरिया प्रान्त काम गर्ने दुई निष्पक्ष  मेडिकल प्यानलले जोकोभिचको मुद्दा हेरिरहेका छन् । जोकोभिचले आफूलाई प्रतियोगिता खेल्न नदिन गरिएको निर्णयले धेरै अस्ट्रेलियालीलाई आक्रोशित तुल्याएको दाबी गरेका छन् ।

अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीले ३४ वर्षीय जोकोभिचले अध्यागमनमा पर्याप्त प्रमाण उपलब्ध  गराउन नसकेको जनाएका थिए । गृहमन्त्री कारेन एन्ड्रयुजले जोकोभिचलाई कुनै पनि समय अस्ट्रेलिया छाड्न अनुमति रहेको र यो कामको सीमा बलले  संयोजन गने बताएका थिए ।

उनलाई एक होटलमा राखिएको छ । जोकोभिचलाई कति समय त्यस होटलमा नजरबन्द बनाइनेछ भन्ने अनिश्चित नै रहेको छ ।

उनलाई कमजोर र गरीब शरणार्थीहरू राखिने स्थानमा राखिएको छ । सर्बियाले उनलाई अन्यत्र सार्न केही दिन अघिदेखि माग गरिरहेको छ।

जोकोभिचका बाबुले एयरपोर्टका गार्डहरू रहने होटेलमा आफ्नो छोरालाई राखिएको बताउँदै यो जोकोभिचका लागि मात्र नभई सिङ्गो संसारको लागि लडाइँ भएको प्रतिक्रिया दिएका थिए ।

अस्ट्रेलियन ओपन १७ जनवरीमा शुरु हुँदैछ । उनी १० औँ पटक यो उपाधिसहित २१ औँ ग्रान्डस्लाम जित्ने अभियानमा छन् ।

चेक गणतन्त्रकी रेनटा भोराकोभाको पनि अस्ट्रेलियाको भिसा रद्द भएको छ । संसारमा अहिले भ्याक्सिन लगाउने या नलगाउने भन्ने बारेमा खेलाडीका बीच ध्रुवीकरण भइरहेको छ । अन्यभन्दा पृथक स्वभावका उनको बाल्यकाल पनि आश्चर्यजनक थियो । यसै बाल्यकाल मात्र होइन, उनले भिन्न खाले परिस्थितिको सामना पनि गरेका छन् ।

यस्तै फरक परिस्थिति उनले सन् २०१९ को विम्बल्डन टेनिसको समय पनि सामना गरे । रोजर फेडररसँगको त्यो इपिक फाइनललाई जसरी लिइनुपर्ने थियो, त्यो नलिइएको उनको अनुभव थियो ।

जितिसकेपछि खुसीयाली मनाउने उनको शैली पनि अचम्मको छ ।

यो फरक पृष्ठभूमि भएका उनले सन् २०२० को युएस ओपनको समयमा ‘जज’लाई बलले हिर्काएका थिए ।

कोरोना महामारी शुरु हुने बित्तिकै आड्रिया टुरको एक स्पर्धामा जोकोभिचसहित अन्य केहीलाई सङ्क्रमण पुष्टि भएको थियो । उनीसहित केही खेलाडीले नेटको बीचमा हग गरेका थिए । सामाजिक दूरीको अवधारणालाई पूर्ण रूपमा बेवास्ता गरेका कारण उनको आलोचना पनि भएको थियो ।

यसपछि क्रोएसियामा लकडाउन खुकुलो भए पनि भ्याक्सिन बजारमा आइसकेको थिएन । यस समयमा जोकोभिचका गतिविधिको आलोचना भएको थियो । गत वर्ष अस्ट्रेलियन ओपनका निर्देशक क्रेग टिलले क्वारेनटाइन नियम मान्नुपर्ने तथा आइसोलेट हुनुपर्ने लगायत कुरा उठाएपछि यसले जोकोभिचलाई निराश बनाएको थियो ।

उनले आफ्नो उद्देश्य स्वार्थी नभएको जनाउँदै यसबाट समर्थकमा परेको चोटप्रति माफी मागेका थिए ।

कोभिड १९ महामारीको समयमा उनको धेरै आलोचना भयो । भ्याक्सिन नलगाउने र कोभिडका सुरक्षा मापदण्ड नमान्ने भएकाले संसारका सामु आलोचित जोकोभिचको  सामाजिक गतिविधि हेर्ने हो भने उनी सम्मानित व्यक्तिको रूपमा रहेका छन् ।

सर्बीयामा शिक्षाको तल्लो तहदेखि विकास गर्ने सोचका साथ जोकोभिच फाउन्डेसनले प्री स्कुल तयार गरेको छ । साथै शिक्षकहरूका लागि तालीम पनि उपलब्ध गराउने गरेको छ ।

सुरक्षित रूपले केही कुरा सिक्न र बालबच्चाका लागि स्वास्थ्यवर्धक जिन्दगी बिताउन सहयोग गर्न यी सबै गरिएको जोकोभिचले बताएका छन् । कहाली लाग्दो बाल्यकाल बिताएका उनले आफू जसरी अन्य कसैले पनि भोग्न नपरोस् भनेर यस विषयमा ध्यान दिएका छन्  ।

अहिले जोकोभिच सर्बियाको खेलकुदको केन्द्र बनेका छन् । उनी धेरै खेलाडीका लागि प्रेरणाका स्रोत बनेका छन् । उनले पाएको ग्रान्डस्लामको सफलताले समेत संसारका युवाहरू उनका फ्यान बन्न थालेका छन् ।

अन्य दुई महान् खेलाडी फेडेरर र नाडाललाई पार गर्दै त्यो भन्दा माथिल्लो उचाइ पाउने क्रममा जोकोभिच रहेपछि उनका फ्यान मात्र बढेनन्,  इतिहासकै आदर्श पुरुष ठान्नेको समेत कमी छैन ।

आध्यात्मिक सोचका उनी योगा र सात्त्विक खानेकुरामा विश्वास गर्छन् । प्राकृतिक जीवन मन पराउने उनी एकपटक पाँच दिनसम्म श्रीमतीसँग बन विहारमा गएका थिए । यसपछि उनले लगातार ग्रान्डस्लाम उपाधि जितेका थिए ।

अहिले ‘जोकर’को उपमा पाएका उनी खेलाडी जीवनको शुरुवातमा अन्य खेलाडीबाट रुचाइने खेलाडी थिएनन् । एकान्त मन पराउने र कोहीसँग पनि धेरै घुलमिल नहुने उनको आदत अचम्मको थियो ।

त्यसो त उनका समर्थकहरू फेडेरर र नाडालको तुलनामा उनलाई कहिले पनि राम्रो व्यवहार नगरेको  दुखेसो व्यक्त गरिरहन्छन् । सर्बियाका पत्रकार सासा ओजमोले उनले गरेको राम्रो कामलाई पनि सकारात्मक रूपले अन्य कतिपय आयोजकले ग्रहण गर्न नसकेको बताउँछन् ।

अहिले भ्याक्सिन नलगाउने अडान लिएका जोकोभिच त्यही देशमा पुगेका छन्, जुन देशमा नागरिक सहजै एक स्थानबाट अर्को स्थानमा जान पाउँदैनन् ।

अस्ट्रेलिया पुगेपछि सीमाका सुरक्षा अधिकारीहरूले स्टारडमको आधारमा कसैलाई पनि नियमभन्दा बाहिर जान नदिने जानकारी पहिले नै दिइसकेका थिए । अहिले संसार उनले भ्याक्सिन नलगाउनुको कारण खोजिरहेको छ ।

अस्ट्रेलिया सरकारको नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि कडाइ गरे पनि अस्ट्रेलियामा रहेका यी सर्बियाली स्टारका समर्थकले भने प्रदर्शन नै गरेका छन् ।

त्यसो त संसारमा कोरोनाको पहिलो र दोस्रो लहर चलिरहेको समयमा अस्ट्रेलिया भ्याक्सिनका बारे धेरै उत्सुक थिएनन् । त्यहाँ विदेशी नागरिकको आवागमनमा कडाइ गरिएको थियो । अन्यत्र भन्दा सङ्क्रमणको दायरा एकदम कम थियो ।

अहिले भने भ्याक्सिनको दुवै डोज मात्र होइन, बुस्टर डोज दिन पनि शुरु गरिएको छ ।

संसारमै तीव्र भ्याक्सिन दिने देशमा अस्ट्रेलिया पनि पर्छ । अन्य विकसित देशको भन्दा त्यहाँका नागरिकले सरकारका निर्देशनलाई सहजै स्वीकार गरेका कारण पनि त्यहाँ कोरोनाका कारण कम क्षति भएको छ ।

अहिले जोकोभिचको खेलभन्दा पनि बढी एकजनाको लागि अस्ट्रेलियामा जुन अनुशासन छ, त्यो भङ्ग त हुने होइन भन्ने चिन्ता धेरैलाई छ ।

अर्की खेलाडी भोराकोभाको मुद्दा भने फरक छ । जाकोभीकको भन्दा उनको आधार सही ठहरिएको छ । उनी केही समयअगाडि मात्र कोभिड १९ बाट सङ्क्रमित भएर ठिक भएकी हुन् । यस कारण उनीबाट अर्को खेलाडीमा सङ्क्रमण सर्ने सम्भावना नगन्य छ । यसका बाबजुद उनी भने सहजै  प्रतियोगिताबाट नाम झिकेर आफ्नै देशमा फर्कन राजी भइन् ।

संसारमा भ्याक्सिन उत्पादनमा अग्रणी देश भारतका धेरै बासिन्दाले अझ भ्याक्सिन पाएका छैनन् । केहीमा हिचकिचाहट पनि छ । यसै गरी संसारको शक्तिशाली देश तथा भ्याक्सिनमा पनि अग्रणी रहेको अमेरिकाको सामर्थ्य सबै नागरिकमा भ्याक्सिन दिने छ ।

त्यसका बावजूद त्यहाँका धेरै नागरिकले भ्याक्सिनमा  देखाएको हिचकिचाहटका कारण त्यहाँको जनजीवनलाई असर गरिरहेको छ । संसारको भ्याक्सिन नलगाउनेको ठूलो जमात हुन सक्छ ।

यस बीचमा रहेका जोकोभिचका हरेक गतिविधि शायद कोरोना महामारी रहेसम्म विवादको विषय बन्न सक्नेछ ।

अहिले नाडाल र मेदभेदेभजस्ता खेलाडी अस्ट्रेलियन ओपनको तयारी गरिरहेका छन् ।

जोकोभिच एउटा लडाइँमा छन् । अर्को साता सुरु हुने प्रतियोगिताको हार जीतभन्दा जोकोभिचका लागि यो लडाइँ धेरै प्रतिष्ठाको विषय बनेको छ ।

जोकोभिचको विगत सम्मान र आदरले शिर निहुराउन लायक नै छ । यसका बाबजुद अदालतले उनलाई अस्ट्रेलियामा रहन योग्य ठहर गरे या नगरे जुन निर्णय गरे पनि भ्याक्सिन विरुद्धको उनको निर्णय भने सनक नै हुन सक्छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : १५ बजे

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड कालोपत्र गरिँदै

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर

च्याउखेतीबाट मासिक एक लाख बढी आम्दानी

धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी

पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित

काठमाडौं – यस अघिका दुई खेलमा अस्टनभिल्ला र बार्सिलोनासँग पराजित

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल

काठमाडौं – रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो

यी भूभागमा वर्षाको सम्भावना, काठमाडौंको तापक्रम घट्यो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल