विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो ।

तीमध्ये २६ करोड ४ लाख एक हजार जना निको भएका छन् भने ५५ लाख ११ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ४ लाख ९७ हजार, भारतमा एक लाख ६१ हजार, बेलायतमा एक लाख ४२ हजार र इटलीमा एक लाख एक हजार छन् । त्यसैगरी स्पेनमा ९७ हजार, फ्रान्समा ९३ हजार, अर्जेन्टिनमा ८८ हजार र टर्कीमा ६५ हजार थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८१५, रुसमा ७४१, फ्रान्समा २८०, इटलीमा २२७, जर्मनीमा १७५, टर्कीमा १४१, ब्राजिलमा १११ र बेलायतमा ७७ जना छन् ।

कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २३ हजार, बेलायतमा ७७ हजार, फ्रान्समा ७२ हजार, भाररतमा ५५ हजार, टर्कीमा ३८ हजार, जर्मनीमा ३२ हजार र रुसमा १९ हजार छन् ।

 

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : २२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको