आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द | Khabarhub Khabarhub

आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिड-१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ ।

२५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आज (मंगलबार)देखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन। यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ०७ बजे

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली

बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन

काठमाडौं– बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाई  पक्राउ गरको छ

रूसमाथि युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा