एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल विजयी | Khabarhub Khabarhub

एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल विजयी


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढुंगेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।

पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओलीनिकट मानिन्छन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए ।

उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित भएका छन् । उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याए ।

सचिवमा कमल न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए । उप-सचिवमा मणिराज राई र अशोक थापाले बाजी मारे । राईले ३५४ र थापाले ३३७ मत पाए ।

अन्य सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वाचित भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी भएका छन् । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदाधिकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३० बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग