यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन « Khabarhub

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट  सात हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । 

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १० लाख ५६ हजार रुपैयाँ, रुटपरमिट, प्रदूषण, पटके अन्य देशका सवारीबाट उठाइएको बाट ९० लाख ७८ हजार रुपैयाँ तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १२ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा ५६ करोड २८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा चार करोड ६१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । 

कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम एक लाख १९ हजार रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ४० बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका