उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना « Khabarhub

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका छन् ।

पटकपटक समीक्षा भएर पनि काम नभएपछि उनले मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका हुन् । सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामहरूको समीक्षा बैठकमा मन्त्री सिंहले कार्यप्रगतिलाई लिएर चित्त बुझाउने ठाउँ नदेखिएको बताए । 

बैठकमा विभागका प्रमुखहरूले आफ्नो विभागको कार्यप्रगतिबारे जानकारी गराएका थिए । कार्यप्रगति सन्तोषजनक नदेखिएको भन्दै उपप्रधानमन्त्री सिंहले समीक्षा बैठकमा भएका कुरालाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिए । 

उपप्रधानमन्त्री सिंहले विभागीय प्रमुखहरूसँग तीन दिनभित्र लिखित कार्ययोजना पेस गर्न निर्देशन दिएको बैठकमा सहभागि एक विभाग प्रमुखले जानकारी दिए । 

नीतिगत रुपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने भने पनि विभागहरूको कार्यक्षमतामा सुधार नदेखिएको भन्दै सिंह असन्तुष्ट छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : १७ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड