ललितपुरका विद्यार्थीलाई आजदेखि फाइजर खोप दिइँदै « Khabarhub

ललितपुरका विद्यार्थीलाई आजदेखि फाइजर खोप दिइँदै


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई आजदेखि विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपर भाइचर पार्थमणी न्यौपानेकाअनुसार ललितपुर महानगरका विभिन्न विद्यालयमा आजदेखि २ माघसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ । महालक्ष्मी नगरमा ४ माघसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने गोदावरीमा ३ गतेसम्म खोप लगाउन सकिन्छ ।

दक्षिण ललितपुरका महाकाल गाउँपालिकामा मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाउँपालिकाका विद्यालयमा २९ पुससम्म र वागमती गाउँपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।

स्थास्थ्य कार्यालयकाअनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो ।

न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोप दिन लागिएको बताए । आजबाट फाइजर काठमाडौं र ललितपुरमा लगाउने कार्यक्रम छ । उनकाअनुसार दोस्रो मात्रा भने २४ माघबाट सुरु हुनेछ ।

ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ ।

यो खोप कोभ्याक्समार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो । भक्तपुरमा सोमबारबाट नै विद्यार्थीलाई मोर्डना खोप दिन थालिएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ११ : २७ बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको